जनगणनामा मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनगणनामा मनपरी प्रश्न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । जनगणनामा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति सङ्गठनहरूले आपत्ति जनाएका छन् ।

मंगलबार बिहान साढे १० बजे थापाथलीस्थित तथ्याङ्क विभागको कार्यालयमा आदिवासी सङ्गठनहरूले ध्यानाकर्षण गराउँदै सो विषयमा आपत्ति जनाएका हुन् ।

आदिवासी जनजाति महासङ्घ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरुङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणनामा भइरहेको त्रुटि र संवेदनशीलताबारे विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई ध्यानाकर्षण गराएका हुन् ।

खबरदारी र सहयोग गरिरहँदा पनि तथ्याङ्क विभाग तथा संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेको भन्दै उनीहरूले सच्याउन भनेका छन् ।

जात–जाति, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएको भन्दै सो कुरामा आपत्ति जनाउँदै महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आदिवासी जनजाति सङ्गठनको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस