तीन महिनाको अवधिमा रेमिट्यान्स ७.६ प्रतिशतले कमी « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

तीन महिनाको अवधिमा रेमिट्यान्स ७.६ प्रतिशतले कमी


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ। चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा रेमिट्यान्समा ७.६ प्रतिशतले कमी आएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकअनुसार आर्थिक वर्षको ३ महिनाको अन्त्यसम्ममा रेमिट्यान्स २ खर्ब ३९ अर्ब ३२ करोड भित्रिएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा रेमिट्यान्स १२.७ प्रतिशतले बढेको नेपाल राष्ट्र बैङ्कको तथ्यांक छ ।

यस्तै यसै अवधिमा तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड पुगेको छ ।

गत वर्षको यसै अवधिमा निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको छ ।

असोज मसान्तसम्ममा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोडको वस्तु आयात भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

गत वर्ष असोज मसान्तसम्ममा आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात भएको छ । यस अवधिमा चालु खाता १ खर्ब ५१ अर्बले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

असोज मसान्तसम्मा विदेश विनिमय सञ्चिति २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चितिमा ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस