२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

अ+ अ-

चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ ।

जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो ।

जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ ।

उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ ।

यसैगरी पेसागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा नेकपा ९एमाले०का सङ्गठित सदस्य २५ हजार छन् । रावलले एक सङ्गठित सदस्यले कम्तीमा चार जना ल्याउने गरी एक लाख सहभागी हुने आँकलन गरिएको जानकारी दिए ।

महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठुलो सङ्ख्यामा सहभागी गराइँदै छ । पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ ।

चितवनबाट जनपरिचालनको नेतृत्व गरेका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ ।

यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणा पत्र वितरण र प्रचार सामग्री घरघरमा पुर्‍याइने छ ।

पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागत द्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।

आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहामा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । विद्युतीय उपकरणबाट मतदान गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस