काँग्रेस नेता पौडेलले बोलाए राजनीतिक समन्वय समितिको बैठक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेता पौडेलले बोलाए राजनीतिक समन्वय समितिको बैठक


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाएका छन् ।

सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलबीच आपसी राजनीतिक समन्वयका लागि गठित समितिको पहिलो बैठक बस्न लागेको हो । पौडेल समितिका संयोजक हुन् ।

बैठक आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस