काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।
प्रधानन्यायाधीशसँग असन्तुष्ट भएका न्यायाधीश बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, तेजबहादुर केसी र कुमार रेग्मी इजलासमा फर्किएका हुन् ।
उनीहरूको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।