बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हट्यो « प्रशासन
Logo २१ आश्विन २०७९, शुक्रबार
   

बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हट्यो


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार बहराइनले गएको शनिबारको रातिदेखि नेपाललाई रातो सूचीबाट हटाउँदै नेपालीको आवागमन खुला गरेको हो । बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिक रोजगारीका लागि बहराइन जान पाउनेछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मान्यता दिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका बहराइन पुगेपछि क्वारेन्टाइन बस्न पर्दैन ।

बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अङ्ग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।

खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्छ । एपमार्फत पीसीआर परीक्षणका लागि समय लिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस