२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा आठ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

अ+ अ-

कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ । सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ ।

बन्दका क्रममा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरिएको प्रनाउ हमालले जानकारी दिए । नेकपाका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराजलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पोखराको जनजीवन प्रभावित बनेको छ ।

मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । केही मोटरसाइकल तथा स्कुटर भने निर्वाध सञ्चालनमा छन् ।