भाडादर समायोजन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भाडादर समायोजन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको माग


३० कार्तिक २०७८, मंगलबार


काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले पेट्रोलियम पदार्थको भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ ।

महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार साँझ एक विज्ञप्ति जारी गरी छोटो अवधिमा पटक पटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै मूल्यवृद्धिको अनुपातमा भाडादर वृद्धि गर्न माग गरेका हुन् ।

‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडदारमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासङ्घबिच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ’, महासचिव बानियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले चाडपर्वको सेरोफेरोमा डिजेलमा १०४ बाट १५ बढाएर रु ११९ पुर्‍याएकाले ट्रक व्यवसायले पुरानै भाडदारमा व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको छ । महासङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस