नेकपा मालेको महासचिवमा पुनः मैनाली « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

नेकपा मालेको महासचिवमा पुनः मैनाली


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा मालेको महासचिव पुनः सीपी मैनाली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न महाधिवेशनले मैनालीको नेतृत्वको ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पोलिटब्यूरो र स्थायी समिति केन्द्रीय समितिले चयन गर्नेछ ।

वि। सं २०३५ साल पुस ११ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव सिपी मैनाली हुन् ।

०४७ सालपछि अन्य कम्युनिष्ट घटक र मालेबीच एकीकरण भएर नेकपा (एमाले) गठन भएको थियो । त्यसपछि मैनाली पनि एमालेको नेता बने । ०५४ साल फागुनमा बामदेव गौतमले एमाले फुटाएर नेकपा माले गठन गरेपछि मैनाली पनि बामदेव गौतमसँगै मालेमै रहे । ०५८ साल फागुनमा बामदेव गौतमलगायतका नेताहरू फेरि एमालेमा फर्किए पनि मैनाली भने मालेमै रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस