विज्ञापन बोर्डको निर्णयप्रति मिडिया अलाइन्सको आपत्ति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विज्ञापन बोर्डको निर्णयप्रति मिडिया अलाइन्सको आपत्ति


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ ।

अलाइन्सले आज (सोमबार) विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रसारण गर्न नपाउने बोर्डको निर्णयप्रति आपत्ति जनाएको हो ।

बोर्डले जनस्वास्थ्य ऐन २०७५को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्था अनुसार सुर्ती र मदिराजन्य उत्पादनको विज्ञापन गर्न निषेध गरिएको भन्दै सञ्चामाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।

विज्ञापनको विश्वव्यापी मान्यता अनुसार उपभोक्तालाई आफ्नो छनौट गर्ने अधिकार रहेको भन्दै अलाइन्सले अधिकार कुण्ठित पार्न खोजिएको भन्दै आपत्ति जनाएको हो ।

जुनसुकै उत्पादन वा उपभोग्य वस्तुमा उपभोक्ताको सूचना पाउने मौलिक अधिकार कुनै पनि बहानामा कटौती गर्न नसकिने पनि एलाइन्सले स्पष्ट पारेको छ ।

२१ शताब्दीको विश्वव्यापी मान्यता खिलाफ हुने जनस्वास्थ्य ऐन २०७५ लाई तत्काल संशोधन गरेर कोरोनाका कारण धराशायी भएको विज्ञापन बजारलाई पुरानै लयमा फर्काउन पनि अलाइन्सले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस