मिहिनेत नगरी कमाउने प्रवृत्ति हुर्कियो : माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मिहिनेत नगरी कमाउने प्रवृत्ति हुर्कियो : माधव नेपाल


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिटर ब्याजीहरु अत्याचारी बनेर देखा परेको बताएका छन् ।

भ्रातृ सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मिहिनेत गरेर कमाउने भन्दा दलाली र बिचौलिया प्रवृत्ति हुर्किँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

दुलाल प्रवृत्ति हुर्किएको छ । मिहिनेत नै नगरीकन कमाउने प्रवृत्ति, लुट्ने प्रवृत्ति हुर्किएको र गहिरिँदै गएको पाइन्छ, नेपालले भने अहिले मिटर ब्याजीहरु अत्यन्तै अत्याचारीको रुपमा देखा परेका छन् । दलाल नोकरशाहीको गठबन्धन पनि उस्तै छ । प्रशासन, प्रहरी र राजनीतिमा जोडिएर तीनै पक्षको गठबन्धन बनेर काम गरिरहेका छन् । गरिब किसानहरुको बिजोग बनाइरहेका छन् ।

उनले मिहिनेत गर्ने, आम्दानी बढाउने र आनन्दको जीवन बिताउने किसानलाई प्रोत्साहित गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष नेपालले बढी आर्थिक उपार्जन हुने कृषि कर्ममा संलग्न हुन समेत आह्वान गरे ।

कार्यक्रममा उनले एमाले हुँदा कायम रहेको किसान संगठनक अधिकांश नेताहरु अहिले महासङ्घमा रहेको बताए । किसान महासङ्घका केही अवशेषको रुपमा मात्रै एमालेमा छन् उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस