आन्दोलनरत कानुन व्यवसायीसँग परामर्श गर्दै सर्वोच्चका न्यायाधीश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्दोलनरत कानुन व्यवसायीसँग परामर्श गर्दै सर्वोच्चका न्यायाधीश


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले आन्दोलनरत कानुन व्यवसायीसँग परामर्श थालेका छन् ।

प्रधानन्यायाधीश जबराले आज (सोमबार) विज्ञप्ति जारी गर्दै संवादका लागि आह्वान गरे लगत्तै असन्तुष्ट न्यायाधीशहरूले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च बारका पदाधिकारीसँग परामर्श गरेका हुन् ।

उनीहरूबीच न्यायालयभित्र देखिएको समस्या समाधानबारे छलफल भएको बताइएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने बार एसोसिएसनले धर्ना र प्रदर्शन गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस