अफगानिस्तानको राजधानीमा भएको विस्फोटमा दुई सर्वसाधारण घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अफगानिस्तानको राजधानीमा भएको विस्फोटमा दुई सर्वसाधारण घाइते


२९ कार्तिक २०७८, सोमबार


काबुल । अफगानिस्तानको राजधानी काबुलमा सोमबार तालिबान सुरक्षा बललाई लक्षित गरी भएको बम आक्रमणमा कम्तीमा दुई जना सर्वसाधारण घाइते भएका छन् ।

पश्चिमी काबुलको पुलिस जिल्ला ५ को कोट-ए-साङ्गी इलाकामा रहेको विवाह हल नजिकै बिहान भिडभाडको समयमा विस्फोट भएको प्रत्यक्षदर्शी मोहम्मद नाबीले सिन्ह्वालाई बताएका छन् ।

विस्फोटको प्रकृति हेर्दा टाँसिने खालको बम आक्रमण थियो जुन तालिबानको गाडी त्यहाँबाट गुडिरहेको समयमा विस्फोट भएको थियो, उनले भने ।

उक्त घटनामा गाडीमा सवार कुनै तालिबान सदस्य प्रभावित भए नभएको भने यकिन हुन सकेको छैन। आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

काबुलले अगस्टको मध्यमा तालिबानले देश कब्जा गरेपछि अफगान कार्यवाहक सरकारको विरुद्ध इस्लामिक स्टेट (आईएस) सँग आबद्ध लडाकुहरूले शृङ्खलाबद्ध आतङ्ककारी हमलाहरू भोगिरहेको छ ।

शनिबार पश्चिमी काबुलमा सार्वजनिक मिनिबसमा जोडिएको बम विस्फोट हुँदा एक पत्रकारको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस