हरि बोधिनी एकादशीमा उपत्यकाका मन्दिरमा भक्तजनको भीड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हरि बोधिनी एकादशीमा उपत्यकाका मन्दिरमा भक्तजनको भीड


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथको मन्दिरमा भक्तजनहरूले तोरण टाँगेका छन् ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ ।

आज जागा हुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस