काँग्रेस दोलखाका सभापति लामा सहितका जुवाडेहरू धरौटीमा रिहा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस दोलखाका सभापति लामा सहितका जुवाडेहरू धरौटीमा रिहा


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा सहितका जुवाडेहरू धरौटीमा रिहा भएका छन् ।

कार्तिक १८ मा राति काठमाडौँको नयाँ बस्तीबाट लामा र नेपाली काँग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठ सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उनीहरूलाई जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेका हुन् । नयाँबस्तीस्थित सागर लामाको फ्ल्याटमा उनीहरू जुवा खेलिरहेको अवस्थामा ६ लाख नगद सहित उनीहरूलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस