मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् ।

बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवाद समेत दिइन् । ‘खाना पकाउने र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ’, उनले भनिन् । उनले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गरिन् ।

पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस