रसियालाई हराउँदै क्रोएसिया कतारमा हुने विश्वकपमा छनोट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रसियालाई हराउँदै क्रोएसिया कतारमा हुने विश्वकपमा छनोट


२९ कार्तिक २०७८, सोमबार


काठमाडौँ । रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ।

रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो।

घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

विश्वकपमा सोझै छनोट हुन क्रोएसियालाई जित आवश्यक थियो। रसियालाई बराबरी नै पर्याप्त रहे पनि त्यो नतिजा आत्मसात गर्न सकेन। छनोटमा क्रोएसियाले रसियालाई १ अंकले पछि पारेको हो।

योसँगै क्रोएसियाले १० खेलबाट २३ अंक जोड्दा समान खेलबाट रसिया २२ अंक जोडेर दोस्रो स्थानमा रह्यो। रसियाले अब विश्वकपमा छनोट हुन प्ले अफ खेल्नुपर्नेछ।

यही समूहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ६/० ले तथा स्लोभेनियाले साइप्रसलाई २/१ ले हराए।

स्लोभाकिया र स्लोभेनियाले समान १० खेलबाट १४ अंक जोडेका छन् भने साइप्रस र माल्टाले समान ५ अंक जोड्दै विश्वकप छनोट टुंग्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस