काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई दियो जिम्मा


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ ।

काँग्रेसको चौधौँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आज (आइतवार) प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो ।

जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजन गर्ने जिम्मा पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस