कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णालीका नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ


२८ कार्तिक २०७८, आइतबार


कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी श्रेष्ठ प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम प्रदेश सरकारका कानुनी सल्लाहकारका रुपमा मुख्य न्यायाधिवक्ता श्रेष्ठले आजै पदबहाली गरेका छन्।

उक्त शपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रदेश प्रमुख र सचिवहरुको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस