पाँच प्रदेशमा मङ्सिरदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाँच प्रदेशमा मङ्सिरदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सरकारले आगामी मङ्सिरदेखि पाँच प्रदेशमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसका लागि राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ।

मन्त्रालयका अनुसार मङ्सिर १ गतेदेखि बागमती र गण्डकी प्रदेशमा प्लेट जडान गर्ने व्यवस्था लागू हुने छ। फागुन १ गतेदेखि लुम्बिनी र कर्णाली प्रदेशमा लागू हुनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा भने जेठ १ गतेबाट यो व्यवस्था लागू हुनेछ। नयाँ सवारी दर्ता,सवारी नामसारी,सवारी प्रमाणपत्र नवीकरणमा यो व्यवस्था लागू गरिनेछ। सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सम्पर्क गरी प्लेट जडान गर्न सकिने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस