साताको पहिलो दिन १.३८ अङ्कले घट्यो नेप्से « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

साताको पहिलो दिन १.३८ अङ्कले घट्यो नेप्से


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन नै सेयर बजारको परिसूचक नेप्से घटेको छ । १.३८ अङ्कले घटेर परिसूचक २६८८ अङ्कमा कायम भएको छ ।

यस दिन कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५९ अङ्कले नेप्से घट्दा ५ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर आज आइतबार भने ४ अर्ब ९ करोडको कारोबार भयो ।

यस दिन बैङ्किङ उपसमूह ७, जलविद्युत २, लगानी ३, जीवन बीमा ६८ र व्यापार उपसमूह ३४ अङ्कले घटे । अन्य ३४, निर्जीवन बीमा २४, विकास बैङ्क १६१, फाइनान्स २९ र होटल तथा पर्यटन ३४ अङ्कले बढे ।

समग्र बजार घट्दा पनि धेरैजसो कम्पनीको मूल्य बढ्यो । १०३ कम्पनीको मूल्य बढ्यो भने ७५ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

चार कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । बोटलर्स नेपाल तराई, मानुषी लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैङ्कको मूल्य १० प्रतिशतले बढेको हो ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)को मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । त्यस्तै साहस ऊर्जाको मूल्य ८.७ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस