राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना जिपलाइन खेल्न धुलिखेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना जिपलाइन खेल्न धुलिखेल


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिपलाइन खेल्न धुलिखेल पुगेका छन् ।

धुलिखेल पुगेका तिमिल्सिनाले जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको बताएका छन् ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटरको छ।

भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौँबाट करिब ३५ किलोमिटर दुरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिक रूपमा सुरु भएको हो।

धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्यान्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ।

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौँका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रा.लि. मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस