रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । हुलदङ्गा र तोडफोड भएपछि नेपाल रेडक्रस सोसाइटीको विधान महाधिवेशन स्थगित भएको छ ।

थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित महाधिवेशनमा असन्तुष्ट समूहले हुलदङ्गा गर्दै तोडफोड गरेपछि स्थगित गरिएको हो ।

गैर प्रतिनिधिहरुको समूहले महाधिवेशन स्थलमा होहल्ला गर्दै कुर्सिहरु तोडफोड गरेपछि महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताए ।

१६ वटा जिल्ला समिति विघटन गरी आफूखुसी तदर्थ समिति गठन गरिएको भन्दै असन्तुष्ट पक्षले तोडफोड गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

विघटित जिल्लाहरुबाट प्रतिनिधिहरु पहिचान नगरी विशेष महाधिवेशन हुन नसक्ने असन्तुष्ट पक्षको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस