एमाले महाधिवेशन : पाल्पामा प्रतिनिधि निर्विरोध चयन « प्रशासन
Logo १२ माघ २०७९, बिहिबार
   

एमाले महाधिवेशन : पाल्पामा प्रतिनिधि निर्विरोध चयन


२८ कार्तिक २०७८, आइतबार


रामपुर । नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन् ।

क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, मोहन थापा मगर, ओमबहादुर घर्तिमगर, नविन थापा, नारायणी शर्मा, गीता पाण्डे तथा उत्पीडिततर्फ ठाकुर लोहागुन र दीपक विश्वकर्मा चयन भएको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताए ।

महाधिवेशन प्रतिनिधिका लागि आकाङ्क्षी धेरै रहे पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

केन्द्रीय नेतृत्वमा रहेका तीन महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । केन्द्रीय सदस्य दलबहादुर राना, ठाकुर गैरे र केन्द्रीय लेखा आयोगका सदस्य धनेन्द्रराज घिमिरे महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

उक्त दलले यसअघि नै जिल्लाका दश वटै पालिका र ८१ वटा वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस