जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य हुदैनः बार अध्यक्ष शाक्य « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य हुदैनः बार अध्यक्ष शाक्य


२८ कार्तिक २०७८, आइतबार


काठमाडौँ । सर्वोच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोला प्रथा लागू गर्नु विषयमा छलफल भएको थियो । त्यसतर्फ सङ्केत गर्दै शाक्यले प्रधानन्यायाधीश जबरालाई कुनै पनि भूमिकामा स्वीकार नगर्ने बताएका हुन् ।

सर्वोच्च अदालत परिसरमा धर्ना बसेका कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता समेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिन्नौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस