२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छ : मन्त्री बडू

अ+ अ-

काभ्रेपलाञ्चोक । कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन्।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको आज उद्घाटन गर्दै उनले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए। ‘हालको न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उनीहरुले आफैले समाधान गर्नेमा सरकार विश्वस्त छ । सरकारको चाहना पनि त्यही हो’, मन्त्री बडूले भने । न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्’, मन्त्री बडूले भने । न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उनले उल्लेख गरे । ‘न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ’, उनले भने ।

न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ ।’

फरक प्रसङ्गमा मन्त्री बडूले बृहत् शान्तिसम्झौता पूर्ण नभएकाले सरकारले यस विषयलाई पहिलो दायित्वअन्तर्गत प्राथमिकतामा राखेको बताए । ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुपर्छ, अब यो समय थपेर जाने विषय हैन, मुलुकमा पीडित र पीडकबीच मेलमिलापको वातावरण बनाउनुपर्छ’, उनले भने । समाजमा मेलमिलापको आवश्यकता खड्किएको उल्लेख गर्दै मन्त्री बडूले आन्दोलनका दौरान कसले पीडा दियो, को पीडित बन्यो छानविन भई परिपुरणसहित मेलमिलाप हुुनुपर्ने धारणा राखे ।

‘राज्य पक्षबाट वा आन्दोलनरत पक्षबाट जसबाट पीडित भएपनि पीडा पाउने आँखिर नेपाली नागरिक नै थिए’, उनले भने । बेपत्ता भएका परिवारको पीडा दर्दनाक भएको उनको भनाइ थियो । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्प्रति इमान्दार नभएको आरोप लगाए । ‘एमाले इमान्दार र सहयोगी नबन्दा अबका कानून फेरि विधेयकमार्फत ल्याउनुपर्ने बाध्यता आउने स्थिति छ’, मन्त्री बडूले भने । सो अवसरमा मन्त्री बडूले भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता तथा अन्य सहयोगीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे, नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद तिमल्सिना, काँग्रेस नेताद्वय इन्द्रमणि अधिकारी र भगवान् अधिकारी, नेकपा (एमाले)का नेता वेदप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नेता बोधनाथ तिमल्सिनालगायतले विकासमा अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष दिलबहादुर श्रेष्ठले वडा कार्यालय भवन रु ७८ लाख र स्वास्थ्य भवन रु ३८ लाखको लागतमा निर्माण भएको जानकारी दिए ।