राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति सीद्वारा फिजीका राष्ट्रपति काटोनिभेरेलाई बधाइ


२७ कार्तिक २०७८, शनिबार



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार रातु विलियम काटोनिभेरेलाई फिजीको राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेकोमा बधाइ सन्देश पठाएका छन् ।

नयाँ चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने फिजी पहिलो प्रशान्त टापु राष्ट्र भएको उल्लेख गर्दै सीले ४६ वर्षअघि सम्बन्ध स्थापना भएदेखि नै चीन-फिजी सम्बन्धले उल्लेखनीय प्रगति गरेको र समान व्यवहार र मैत्रीपूर्ण सहयोगको नमूना बनेको बताएका छन् ।

कोभिड-१९ को महामारीको सामना गर्दै चीन र फिजीले एक अर्कालाई सहयोग गरेका छन् र उनीहरूको मित्रता र सहयोग झन्झन् गहिरो हुँदै गएको छ, सीले थपे।

राष्ट्रपति सीले चीन-फिजी सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र दुई देशबीचको चौतर्फी मैत्रीपूर्ण सम्बन्ध आदान-प्रदान र व्यावहारिक सहयोगलाई सुदृढ गर्न तथा दुवै देशको साझा हितका लागि चीन-फिजी व्यापक रणनीतिक साझेदारीको नवीन एवं फराकिला सम्भावनाहरू उजागर गर्न राष्ट्रपति काटोनिभेरसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस