शान्ति समाजद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै प्रदर्शन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शान्ति समाजद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै प्रदर्शन


२७ कार्तिक २०७८, शनिबार


बुटवल । मानव अधिकार तथा शान्ति समाजले चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको शीघ्र राजीनामा वा बर्हिगमनको माग गर्दै प्रदर्शन गरेको छ ।

समाजले चितवनको पुलचोकमा आज बिहान आधा घण्टासम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा ‘न्यायालयलाई प्रदूषित बनाउन पाइदैँन’, ‘सौदावाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन’,’न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर’, ‘न्यायालयमा भागबण्डा बन्द गर’, प्रधानन्यायाधीश :शीघ्र राजीनामा देऊ’, प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता स् न्यायालयको शुद्धिकरण’, ‘न्यायालय दुषित भोः शुद्धीकरण आवश्यक भो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत २३ जिल्लाबाट सहभागी अधिकारकर्मी सहभागी भएका समाजले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस