४० हजार नक्कली नोटसहित कैलालीमा दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४० हजार नक्कली नोटसहित कैलालीमा दुई जना पक्राउ


२६ कार्तिक २०७८, शुक्रबार


कैलाली । कैलालीमा नक्कली नोटसहित जिल्लामा दुई जना पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ हजार दरको ४० थान नक्कली नोट सहित ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हसन चौधरी पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस