माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा प्रदेशबाट आउने प्रतिनिधि संख्या बढायो


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले प्रदेशहरूबाट प्रतिनिधिको संख्या बढाएको छ ।

हालै जारी पार्टी परिपत्रअनुसार राष्ट्रिय सम्मेलनमा प्रदेशहरूबाट कम्तीमा आठ सय प्रतिनिधिहरू आउने छन् ।

‘न्युनतम आठ सय प्रतिनिधि प्रदेशबाट ल्याउने नीतिगत निर्णय भएको छ । तर, सदस्य संख्याका आधारमा प्रतिनिधि थपिन्छन्’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने ।

सदस्य संख्याको अनुपातमा प्रदेशहरूबाट प्रतिनिधि थपिनेछन् । कति सदस्य संख्या बराबर एक प्रतिनिधि बनाउने भन्ने अझै निर्णय भएको छैन ।

यसअघि पूर्व परिपत्रमा राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरूबाट ६ सय प्रतिनिधि आउने जानकारी गराइएको थियो । सोको संशोधन गरी माओवादीको स्थायी कमिटी बैठकले संख्या आठ सय कायम गरेको हो ।

सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा कति प्रतिनिधि सहभागी हुन्छन् भन्ने अझै तय भएको छैन । पुस ११ बाट माओवादीले राष्ट्रिय सम्मेलन गर्दै छ । माओवादीले झन्डै ३१ लाख पार्टी सदस्य बनाउने महत्त्वाकाङ्क्षी सङ्गठनात्मक योजना बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस