मेयर सम्मेलनमा भाग लिन ललितपुर महानगरका चिरिबाबु पेरिसमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मेयर सम्मेलनमा भाग लिन ललितपुर महानगरका चिरिबाबु पेरिसमा


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन मेयरहरुको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा कार्तिक २९ देखि सुरु हुने मेयर सम्मेलनमा भाग लिन महर्जन हिजो (बिहीबार) फ्रान्स पुगेका हुन् ।

फ्रान्सको मेयर सङ्गठनका अध्यक्ष फँस्वा बार्रवाले मेयर सम्मेलनमा सहभागी हुन महर्जनलाई निमन्त्रणा गरेका थिए ।

यो १०३ औँ मेयर सम्मेलन हो ।

नेपालका तर्फबाट पहिलो पटक ललितपुर महानगरपालिकाका मेयर महर्जन सो सम्मेलनमा भाग लिँदै छन् । फ्रान्स बसाईका क्रममा मेयर महर्जनले त्यहाँका मेयरहरुसँग भेटघाट गर्नेछन् ।

विशेष गरी मेयर महर्जनले फ्रान्सका हिमाली क्षेत्रमा मेयरहरुसँग भेटघाट र द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् । मेयर महर्जनले नेपाल र फ्रान्सका मेयरको सङ्गठन बनाउन पहल गर्ने नेपाल–फ्रान्स मैत्री सङ्घका अध्यक्ष विनोद खकुरेलले बताए ।

फ्रान्सको मेयरहरुको सङ्गठनमा त्यहाँका ३३ हजार मेयर सङ्गठित छन् । सम्मेलन मङ्सिर २ सम्म चल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस