बिचौलियाको बलमा प्रधानन्यायाधीशले आन्दोलनमा हस्तक्षेप गरे : बार अध्यक्ष श्रेष्ठ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिचौलियाको बलमा प्रधानन्यायाधीशले आन्दोलनमा हस्तक्षेप गरे : बार अध्यक्ष श्रेष्ठ


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिचौलियाको बलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको आन्दोलनमा हस्तक्षेप गरेको बताएका छन् । 

आज (शुक्रबार)को धर्नापछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालत छिर्ने कानुन व्यवसायीहरूको गेट बन्द गरेकोमा पनि आपत्ति जनाए ।

श्रेष्ठले आउँदो आइतबार पनि सर्वोच्च प्राङ्गणमा आफूहरू छिर्ने, नपाए मुख्य गेटमा धर्ना जारी राख्ने बताएका छन् ।

आइतबार बिहान साढे ९ बजे भेला हुने र त्यसपछि सर्वोच्च प्राङ्गणमा छिर्न नपाए शुक्रबार धर्ना बसेकै स्थानमा कार्यक्रम हुने उनले जनाए ।

उनले आन्दोलनमा हस्तक्षेप भए हस्तक्षेप गर्नेहरू सबैको विरुद्धमा आफूहरू जाने जानकारी दिए । ‘आज सर्वोच्च अदालत प्रशासनले सडकमा जाने बाध्यता बनायो, ’ उनले भने, ‘आइतबार यो अवस्था नआओस् ।

Tags :
प्रतिक्रिया दिनुहोस