चोरी गर्न गएका युवा छतबाट लडेर गम्भीर घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चोरी गर्न गएका युवा छतबाट लडेर गम्भीर घाइते


२६ कार्तिक २०७८, शुक्रबार


विराटनगर । विराटनगरको एउटा घरमा चोरी गर्न छिरेका एक जना युवा छतबाट लडेर गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार चोरी गर्न विराटनगर महानगरपालिका–८ की हेमकुमारी भुजेलको घरमा छिरेका मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास आज (शुक्रबार) बिहान साढे २ बजेतिर लडेर घाइते भएका हुन् ।

घरमा चोरी हुन लागेको थाहा पाएपछि घरधनीले होहल्ला गर्दा भाग्ने क्रममा विश्वास लडेर घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार होहल्ला हुन थालेपछि विश्वास हेमकुमारीको घरबाट हामफालेर छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए ।

यादवको घरको छतबाट हामफालेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका विश्वासको टाउको, हात र खुट्टामा चोट लागेको डिएसपी श्रेष्ठले बताए ।

उनका अनुसार गम्भीर अवस्थाका युवालाई उपचारका लागि तत्काल कोसी अस्पतालमा भर्ना गरिएको थियो ।

कोसीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ । श्रेष्ठले घटनाका बारेमा अनुसन्धान थालिएको जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस