२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा दुई दिनमा १५ लाख मात्रा खोप आयो

अ+ अ-

काठमाडौँ। नेपालमा भेरोसेल र एस्ट्राजेनेका गरी झन्डै १५ लाख मात्रा खोप आएको छ ।

हिजो (बिहीबार) दिउँसो चीनबाट १० लाख मात्रा भेरोसेल खोप नेपाल आएको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा खरिद शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बिहीबार थप १० लाख मात्रा भेरोसेल खोप आएको बताए ।

उनले गत बुधबार राति स्विजरल्यान्डबाट थप चार लाख ९२ हजार मात्रा कोरोनाविरुद्धको खोप आएको जानकारी दिए ।

कोभ्याक्स सुविधाअन्तर्गत र स्विजरल्यान्ड सरकारले चार लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आएको हो ।

ढुङ्गानाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा र स्विजरल्यान्ड सरकारले एक लाख ४४ हजार मात्रा खोप उपलब्ध गराएको हो । भेरोसेल र एस्ट्राजेनेका दुवै खोपलाई टेकुस्थित खोप भण्डार केन्द्रमा राखिएको छ ।

नेपालमा हालसम्म कोभिसिल्ड खोप भारत सरकारको अनुदान १० लाख मात्रा, भारतसँग खरिद गरिएको २० लाख कोभिसिल्ड, भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको एक लाख, कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार डोज खोप आइसकेको छ ।

त्यसैगरी भुटान सरकारको सहयोगमा दुई लाख ३० हजार, जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४०, बेलायत सरकारमार्फत एक लाख ३१ हजार १२० र माल्दिभ्सबाट दुई लाख एक हजार छ सय मात्रा एस्ट्राजेनेका खोप र जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० खोप नेपाल आइसकेको छ । हालसम्म नेपालमा एक करोड ६१ लाख ७३ हजार २४६ मात्रा खोप लगाइएको छ ।