सर्वोच्च परिसरमा चार तहका सुरक्षाकर्मी परिचालन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वोच्च परिसरमा चार तहका सुरक्षाकर्मी परिचालन


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालत परिसरमा कम्तीमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् ।

जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ ।

यसअघि एसपीको नेतृत्वमा सर्वोच्च अदालतमा प्रहरी परिचालन हुने गरेकामा आज काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएका छन् ।

महान्यायाधीवक्ताको कार्यालय तर्फ र नेपाल बार एशोसिएससनको कार्यालयतर्फबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्ने गेटहरु बन्द गरिएको छ । त्यहाँ सुरक्षाकर्मीको एउटा घेरा छ । त्यसभित्र पनि अर्को घेरामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

सर्वोच्च अदालतको आँगन र मुख्य भवनभित्र प्रवेश गर्ने ढोका अगाडि पनि सुरक्षाकर्मीहरु तैनाथ भएको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस