उपसभापति निधि र स्विस प्रतिनिधिमण्डलबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपसभापति निधि र स्विस प्रतिनिधिमण्डलबीच भेटवार्ता


२६ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि र स्विस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच हिजो (बिहीबार) भेटवार्ता भएको छ ।

उपसभापति निधि निवास वानेश्वरमा भएको भेटमा स्विस प्रतिनिधिमण्डलसँग नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र सङ्घीयताको कार्यान्वयन तथा सङ्क्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्विस सरकारले गरेको सहयोगका विषयमा कुराकानी भएको थियो ।

सो भेटमा उपसभापति निधीले नेपालको विकासमा स्विस सरकारले गरेको सहयोगको उच्च प्रशंसा गरेका थिए । सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए । उपसभापति निधिले नेपालमा कृषि, जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए ।

जवाफमा नेपालका लागि स्विस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरु तयार रहेको भन्दै नेपालको झन्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए ।

नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लामा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस