तथ्यांक विभागका महानिर्देशकद्वारा प्रधानमन्त्री देउवाको विवरण संकलन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

तथ्यांक विभागका महानिर्देशकद्वारा प्रधानमन्त्री देउवाको विवरण संकलन


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क विभागले प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरेको छ । आज (बिहीबार) तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उनले उल्लेख गरे।

तथ्यांक विभागका महानिर्देशक श्रेष्ठले बालुवाटारको बैठक कक्षमा प्रधानमन्त्रीसामु उभिएरै ८० वटा प्रश्न सोधे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस