वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जम्कट्टेल आर्थिक मामिला र लामा स्वास्थ्यमन्त्री


२५ कार्तिक २०७८, बिहिबार


मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (बिहीबार) मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषदमा नेकपा माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल र नेपाली काँग्रेसबाट नीमा लामालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

जम्मकट्टेलले आर्थिक मामिला तथा योजना र लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले बिहीबार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

कार्तिक ११ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोही दिन तीन मन्त्री नियुक्त गरेका थिए । त्यस यता पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । यद्यपि मन्त्रिपरिषद् विस्तारले अझै पूर्णता पाउन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस