नेप्से ५९ अङ्कले घट्यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेप्से ५९ अङ्कले घट्यो


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५९ अङ्कले घटेको छ ।

५९.५७ अङ्क घटेसँगै नेप्से २७ सयमुनि झरेको छ । नेप्से २६९० अङ्कमा कायम भएको छ । यस दिन कारोबार रकम पनि कमी आएको छ ।

कुल ५ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि मंगलबार करिब ८० अङ्कले परिसूचक घट्दा ६ अर्ब ५२ करोडको कारोबार भएको थियो । बैङ्कहरूले मंसिरदेखि लागू हुने गरी मुद्दती खातामा ब्याजदर बढाउने तयारी गरेसँगै बजारमा असर परेको हो ।

यस दिन सबै उपसमूह राताम्मे भएका छन् । बैङ्किङ २९, व्यापार ५९, होटल तथा पर्यटन ९२, विकास बैङ्क १९४, जलविद्युत ७०, फाइनान्स १०९, निर्जीवन बिमा २९३, उत्पादन ६३, अन्य ५६, माइक्रो फाइनान्स ११४, जीवन बिमा ३१६ र लगानी उपसमूह २ अङ्कले घटे ।

दुई कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । मानुषी लघुवित्त, तेह्रथुम पावरको मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै साहस ऊर्जाको मूल्य ७।६ प्रतिशतले बढेर प्रतिकित्ता ७७२ रुपैयाँ ५० पैसा कायम भएको छ । आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैङ्कको मूल्य १० प्रतिशत नै घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस