काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार ३१७ जना सङ्क्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १२ हजार ६५३ जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन्।
९ हजार ६०९ जनाको पिसिआर परीक्षण र ३०४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय सङ्क्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६६ पुगेको छ।
२७९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसै गरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।
त्यस्तै, काठमाडौँ उपत्यकामा १५३ थपिएका छन्। जसमध्ये काठमाडौँमा ११०, ललितपुरमा ३६ र भक्तपुरमा ७ सङ्क्रमित छन्।







