देउवाले आफू निकट काँग्रेसका पदाधिकारीलाई छलफलमा बोलाए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देउवाले आफू निकट काँग्रेसका पदाधिकारीलाई छलफलमा बोलाए


२५ कार्तिक २०७८, बिहिबार


नेपाली काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै आफू निकट नेताहरुसँगको छलफल बढाएका छन् ।

उनले आज (बिहीबार) दिउँसो आफू निकटका काँग्रेसका पदाधिकारीलाई छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

काँग्रेस सह महामन्त्री डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनको तयारीबारेमा छलफल गर्न अनौपचारिक बैठक बस्न लागेको हो ।

बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् ।

काँग्रेसको केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस