२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमालेको एक सय रुपैयाँ सङ्कलन अभियान आजदेखि सुरु हुने

अ+ अ-

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनलाइन प्रणालीमार्फत हुन गइरहेको एक सय रुपैयाँ सङ्कलन अभियान आजैदेखि सुरु हुने भएको छ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि खर्च जुटाउन पार्टीमा सङ्गठित साढे सात लाख सदस्यहरुले पार्टीको खातामा कम्तीमा एक सय रुपैयाँ सङ्कलन गर्नुपर्ने बताइए अनुरुप यसका लागि आवश्यक अनलाइन प्रणाली पनि आजदेखि नै सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

‘कम्तीमा एक सय रुपैयाँदेखि पैसा राख्न सजिलो खालको प्रणाली आज भरेदेखि नै सुरु हुन्छ । आज दसौँ महाधिवेशन स्थल चितवनको निरीक्षण भइरहेको छ । पार्टीका सङ्गठित सदस्यहरु, शुभेच्छुक र समर्थकहरुले आफ्नो इच्छा अनुसार सहयोग गर्न सक्नुहुन्छ ‘ ,तामाङले बताए ।

दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्न गइरहेको एमालेले सर्वसम्मत ढङ्गबाट नेतृत्व चयन गर्ने तयारी अगाडि बढाएको पनि उनले बताए। चितवनमा महाधिवेशन हुने भएपछि चितवनका स्थानीयहरु पनि उत्साहित भएको पाइएको उनले बताएका छन् ।

एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाखको सङ्ख्यामा सर्वसाधारण उतार्ने गरी तयारी अगाडि बढाइरहेको छ ।

एमालेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजनाको मूल व्यवस्थापन समितिको संयोजकमा माओवादी केन्द्रका पूर्व नेता हालका एमाले स्थायी कमिटी रामबहादुर थापा बादल रहेका छन् ।