प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ। भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा भेटेका हुन् ।

भेटपछि एक तस्वीर ट्वीट गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।

शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस