विप्लवले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लवले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द गर्ने


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुको मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा गरेको हो ।

पार्टीका महासचिव विप्लवले आज (बिहीबार) प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् ।

कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्मका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस