प्रधानन्यायाधीश जबराले बोलाए बार अध्यक्ष श्रेष्ठलाई भेट्न « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानन्यायाधीश जबराले बोलाए बार अध्यक्ष श्रेष्ठलाई भेट्न


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनु पर्ने भन्दै कानुन व्यवसायीहरूले चौतर्फी रुपमा दबाब दिइरहेका छन् ।

यसैबिचमा प्रधानन्यायाधीश जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । तर श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन् ।

बिहीबार कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा धर्ना दिने क्रममा तनाव उत्पन्न भएको छ ।

सुरक्षाकर्मीहरूले कानुन व्यवसायीहरूलाई रोक्न खोज्दा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका कानुन व्यवसायीहरूले ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्दै नारा लगाएका छन् ।

कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरे लगतै प्रधानन्यायाधीश जबराले बार अध्यक्ष श्रेष्ठलाई भेटका लागि खबर गरेका थिए । तर धर्नामा रहेका श्रेष्ठले भने एक्लै नजाने भनेर बारका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस