जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्धारा स्वागत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जलवायु परिवर्तनसम्बन्धी अमेरिका र चीनको घोषणाको राष्ट्रसंघद्धारा स्वागत


२५ कार्तिक २०७८, बिहिबार


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अमेरिका र चीनले जलवायु परिवर्तनका क्षेत्रमा गरेको घोषणाको स्वागत गरेको छ ।

चीन र अमेरिकाले स्कटल्याण्डको ग्लास्गोमा आयोजना गरेको विश्व जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा सहकार्य गर्ने घोषणा गरेका थिए ।

उक्त सम्झौताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका हुन्। उनले ट्विटमा लेखेका छन्– जलवायु परिवर्तनको प्रभाव कम गर्ने विषयमा अमेरिका र चीनले आगामी वर्षहरुमा सहकार्य गर्ने भनी गरेको घोषणाको म स्वागत गर्दछु, यसले विश्वमा नै सकारात्मक परिणाम दिने कुरामा म विश्वस्त छु ।

हाल सो सम्मेलनको घोषणापत्र तयार भइरहेको छ । त्यसमा भएका सहमतिहरुमा धनी देशहरूलाई गरिब राष्ट्रहरूका लागि सहयोग बढाउन प्रोत्साहन गर्ने बताइएको छ ।

उक्त सम्मेलनको सहमतिको मस्यौदा जलवायु परिवर्तनका प्रभाव कम गर्ने कार्यका लागि सहयोग पुग्ने गरी तयार गरिएको बताइएको छ । खासमा ती सम्झौताहरुमा अनुकूलन र आर्थिक पाटोमा केन्द्रित रहने पनि बताइएको छ ।

जलवायु परिवर्तनको असर धनी राष्ट्रहरुका कारण उत्पन्न भएको भनिएको छ तर पनि गरिब राष्ट्रहरूलाई धनी राष्ट्रहरूले पर्याप्त योगदान नगरेका कारण यसको प्रभाव कम हुन नसकेको बताउने गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस