राष्ट्रिय अभियान सफल बनाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय अभियान सफल बनाउन आग्रह


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बहु आयामिक महत्त्वको राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गरेका छन् ।

उनले जारी गरेको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

आगामी दिन मुलुकको विकास तथा निर्माण प्रक्रियामा आवश्यक योजना तय गर्न यसले एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने भएकाले संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि अभियानलाई सफल पार्नुपर्नेमा जोड दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस