२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका र चीनबिच जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न सहमति

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनविरुद्ध थप सहकार्य गर्न चीन र अमेरिबिच सहमत भएको छ ।

बुधवार चीन र अमेरिकाले एक सहमति सार्वजनिक गर्दै जलवायु परिवर्तनविरुद्ध सहकार्य बढाउने घोषणा गरेका हुन् ।

ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा संयुक्त विज्ञप्ति जारी गर्दै चीन र अमेरिकाले यससम्बन्धमा सहकार्य बढाउने घोषणा गरेको अलजजिराले जनाएको छ ।

मिथेन उत्सर्जन कम गर्ने, वन संरक्षण गर्ने र कोइला प्रयोग नगर्ने विषयमा दुवै मुलुक सहमत भएको बताइएको छ । जलवायु परिवर्तनसँग जुध्न चालिएका कदम ‘ठोस कार्यसँगै’ दोब्बर पार्ने विषयमा समेत चीन र अमेरिबिच सहमत भएको हो । आफूहरूले गरेको सहमतिले पेरिस सम्झौतासम्बन्धी निर्देशिका (२०१५) र २०२५ का लागि तय गरिएका उत्सर्जन कटौतीका नयाँ लक्ष्यसहित ‘२०२० को दशकमा जलवायुसम्बन्धी गतिविधि बढाउन’ अपिल गरेको पनि दुवै मुलुकले जनाएको छ ।

त्यस्तै, दुवै मुलुकबिच भएको सहमतिमा कार्बन न्यूनीकरण (डिकार्बनाइजेशन), मिथेन उत्सर्जन कटौती र वन फडानीविरुद्धको अभियानलाई ठोस तथा व्यावहारिक तरिकाले नियमन गर्न अपिल गरिएको छ ।

‘दुवै पक्षले विद्यमान प्रयास र पेरिस सम्झौताका लक्ष्यबिच अन्तर रहेको कुरालाई आत्मसात् गरेका छौँ’, जलवायु परिवर्तनका लागि चिनियाँ दूत सी झेङहुवाले बुधवार सहमति सार्वजनिक गर्दै भने, ‘यही भएर हामीले मिलेर जलवायुसम्बन्धी कदम चाल्ने छौँ ।’

जलवायु परिवर्तनका लागि अमेरिकी प्रतिनिधि जोन केरीले चीनसँगको सहमतिले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन सफल हुने बताएका छन् ।

केरीले भने, ‘हामीले कोप–२६ को सफलताका लागि आफ्नो समर्थन व्यक्त गरेका छौँ । यति बेला हरेक कदमले अर्थ राख्छ र हाम्रासामु लामो यात्रा छ ।’