कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन


२५ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् ।

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

हाल एमालेका सात लाख ३० हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मङ्सिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिए । उनले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाए । उनले प्रचारप्रसार पूर्णरूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताए । एमालेले नेता रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस