२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालन हुन्छ: मन्त्री आले

अ+ अ-

डोटी । सुदूरपश्चिमका बन्द विमानस्थलमा जहाज चलाउन पहल गर्दै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याउने बताएका छन् ।

जहाज नभएर सुदूरपश्चिमका नागरिकलाई असहज भइरहेका बेला मन्त्री आलेले बन्द रहेका सबै विमानस्थलमा जहाज चलाउन लागि परेका हुन् । यसै क्रममा उड्डयन मन्त्री आलेले निर्माणाधीन दार्चुलाको गोकुलेश्वर विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताए ।

आज नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रमसहित उक्त निर्माणाधीन विमानस्थलको अनुगमनका लागि त्यहाँ पुगेका मन्त्री आलेले गोकुलेश्वर विमानस्थलमा चाँडै विमान सञ्चालन गर्नका लागि काम अगाडि बढेको जानकारी दिए ।

उनले भने, ‘दार्चुलाको गोकुलेसहित यहाँका पहाडी जिल्लाका सबै विमानस्थलमा नियमित जहाज चलाउने गरी काम अगाडि बढाएको छु, चाँडै नै यहाँका नागरिकले जहाज चढ्न पाउने छन् ।’ सोही क्रममा मन्त्री आलेले निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कुनै कमी हुन नदिने आश्वासनसमेत दिए ।

विमानस्थलको टर्मिनल भवन, ट्याक्सी पार्किङलगायत सबै भौतिक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिने बताउँदै मन्त्री आलेले भने, ‘विमानस्थलका लागि पर्याप्त बजेट विनियोजन गर्छु, निर्माण कार्य चाँडो सक्न नागरिककाे निगरानी पनि जरुरी छ ।’